पछिल्ला सूचनाहरुः


संक्षिप्त परिचय

विद्यालयको संक्षिप्त इतिहासः विश्वको विकसित देशहरुको इतिहास हेर्ने हो भने जहाँ जहाँ शिक्षाको विकास, साहित्यको विकास छिटो भयो त्यहाँ त्यहाँ विकास र प्रविधिले फड्को मारेको छ । आज विकसित देशको उपमा लिएर सयौं विकासशिल , अल्पविकसित तथा अविकसित देशहरुलाई डोर्याइरहेका छन् । अतः प्रकृतिको चेतनशिल प्राणी मानिसलाई पृथ्वीबाहेकका अन्य ग्रह उपग्रहमा अन्तरिक्ष यात्री बनाउने , जल , थल र नभलाई कब्जा गर्न सक्ने आजको शताब्दीको मानिस बनाउने तत्व नै शिक्षा हो । शिक्षा नै सबैभन्दा शक्तिशाली तत्व हो जसले मानिसको आन्तरिक अँध्यारोपनलार्इ उज्यालोतर्फ उन्मुख गराएर सभ्य तथा सुशिक्षित वनाउने काम गर्छ । नेपालको शिक्षाको इतिहासमा जङ्गबहादुर राणाको उदयपछि वेलायत यात्रा गरेपछि उनमा परेको शिक्षाको प्रभावका कारण वि.स.१९१० मा स्थापित प्रथम औपचारिक दरबार स्कुलकको स्थापनापछि करिब एक शताब्दी ढिलो प्रजातन्त्र स्थापनाको चार वर्ष अन्तरमा नेपालको सुदुर पूर्व पाँचथर जिल्लाको उत्तरपूर्वी सीमावर्ती गा.वि.स . मेमेङ – वार्ड नं. २ मच्छेवुङ ( फालेलुङ- ३) स्थित ‌श्री सरस्वती माध्यमिक विद्यालय मच्छेवुङ्गले निकै लामो समय पार गर्दै आजको अवस्थामा आर्इ पुग्दा धेरै उत्तरचढावहरु गरिसकेको छ । वि.स. २०११ सालमा चैत्र १२ गतेका दिन औपचारिक प्राथमिक विद्यालयको रुपमा स्थापित भएतापनि सो भन्दा अगाडिका दिनहरु पनि अस्थायी रुपमा स्याउला , चित्राहरुद्वारा वारवेर गरी अनौपचारिक रुपमा साक्षर गराउनको लागि स्थानीय शिक्षाप्रेमी , समाजसेवी स्वर्गीय श्रीप्रसाद केरुङ्ग र अर्का श्री मचिन्द्रवहादुर केरुङ्गज्यूको प्रयासमा प्राथमिक विद्यालय सञ्चालन हुँदै आएको थियो । मचिन्द्रबहादुर केरुङ २००७ सालको एक प्रजातान्त्रिक योद्धा थिए । तत्कालिन विद्यालयमा नन्दीकेशर ऒझा र देवीप्रसाद ऒझाले स्वयंसेवकको रुपमा अध्यापन गराएका थिए । विद्यालयले औपचारिकता प्राप्त गरेको बेला तत्कालिन विद्यालय संचालक समितीका सभापति स्व. श्री श्रीप्रसाद केरुङ र सेक्रेटरी श्री मचिन्द्रबहादुर केरुङ्ग र प्रधानाध्यापकमा फालेलुङ -३ थोक्लिम्बाका श्री थिरबहादुर माङमुलाई नियुक्ति गरिएको थियो । १ शिक्षाको जागरणसँगै केही समयको अन्तरालपछि श्री सरस्वती प्राथमिक विद्यालयलाई वि.स. २०१३ साल मंसिर १५ गतेका तिनै दुर्इ शिक्षाप्रेमीहरुको अथक प्रयासपछि तत्कालिन मिडिल स्कुल ( नि.मा.वि. ) मा रुपान्तरण भयो । यसरी विद्यालय सञ्चालन गर्ने क्रममा विद्यालय स्थिर अवस्थामा नभर्इ विभिन्न स्थानमा सर्ने क्रममा मेमेङ्ग गा.वि.स. मच्छेवुङ ऒझाको घर मास्तिर डाँडाँमा र त्यसपछि आइतवारे जहाँ अहिले विद्या प्रचार माद्यमिक विद्यालय सञ्चालन भइरहेको छ । त्यस समयमा त्यहाँका स्थानीय जनताले शिक्षाप्रति सकरात्मक चासो नदेखाएका कारण मेमेङ्ग मच्छेवुङ्गकै गाउँकै बीचमा स्थापना हुँदाको बखतमा मिडिल स्कुल ( नि.मा.वि. ) विद्यालय भइसकेकोले जनताको अथक परिश्रम , योगदान बावजुद एक तले कच्ची भवन निर्माण गरी बढो दुꓽखका साथ विद्यालय सञ्चालन हुँदै आएको थियो । शिक्षामा आएको चेतनाका कारण विद्यार्थी बढ्न गएकोले सोही स्थानमा एल आकारको ७ कोठे झिंगटीको छानो भएको भवन निर्माण गरी तत्कालिन अवस्थामा सहज शैक्षिक वातावरणको प्रयास भएको देखिन्छ । यसै क्रममा शिक्षामा आएको सकरात्मक लहरले एकतिन ,मेमेङ, प्राङबुङ, सिदिन र लुवाफू गा.वि.स.हरु सेवाक्षेत्र बनाएको यस विद्यालयले स्तरोन्नति गरी निजीस्रोतमा माध्यमिक विद्यालयका कक्षाहरु सञ्चालन गर्दै आएकोमा सम्पूर्ण सरोकारवालाहरुको प्रयासमा वि.स.२०४० चैत्र २५ गते मा.वि.स्वीकृत भएको थियो । यस विद्यालयको क्षेत्र विस्तारका लागि स्थानीय देवेन्द्रराज गिरीका बुवा सहितका व्यक्तिहरुबाट जग्गा वितरण गरिएको थियो । तत्कालिन सञ्चालक समितिका अध्यक्ष श्री हरिप्रसाद केरुङकी श्रीमति नर्वदा केरुङबाट १३ आना जग्गा विद्यालयलाई निःशुल्क रजिष्ट्रेशन गरिएको थियो ।उक्त क्षेत्रमा १४ कोठे भवन बनेको र २०४५ सालको भुकम्पले जीर्ण बनेपछि भत्काइ हाल ६ कोठे पक्की भवन बनीरहेको छ । स्वर्गीय हरिप्रसाद केरुङकै पहलमा व्रिटिस वेलफेयरबाट जुकेधारा खानेपानी विद्यालयमा हालसम्म उपलब्ध भइरहेको छ । विद्यमान अवस्थामा उच्च माध्यमिक शिक्षा परिषदबाट २०६७/०८/२८ मा शैक्षिक सत्र २०६७/६८ देखि कक्षा ११ ,१२ सञ्चालनको लागि सम्बन्धन प्राप्त गरी सञ्चालन भइरहेको छ । हाल विद्यालयको ३ तले पक्की भवन कोठा-१२ यसका अतिरिक्त गाउँपालिकाको अनुदानमा ४ कोठाको र ३ कोठाको पक्की भवन, शौचालय तथा खानेपानीको लागि योजनाहरु २०७७/७८ मा सम्पन्न हुने गरी निर्माणाधिन अवस्थामा रहेका छन् ।



सञ्चकुमार केरुङ

वि.व्य.स. अध्यक्ष

9804945850



Tej Bahadur Sawaden

प्रधानाध्यापक

9815013334



पवन गौतम

सूचना प्रमुख

9842674999